बिराटनगरमा सांसद विन्दिया कार्कीको अग्नी पिडीतलाई सहयोग

<span class='c1'>बिराटनगरमा सांसद विन्दिया कार्कीको</span> <span class='c2'>अग्नी पिडीतलाई सहयोग</span>

बिराटनगर ९ साउन । पाँच दिन अघि विराटनगर ५ मा ग्याँस सिलिण्डर विष्फोट भएर आगलागी भएका अग्नी पिडीतलाई सांसदले सहयोग गरेकी छन् । गत शुक्रबार विहान ९ बजे चादनी चोकमा बस्दै आएकी सुनितादेवी शर्माको घरमो ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगलागबाट घरका सबै सामाग्री जलेर नष्ट भएपछि सुनिताको घरमा समस्या भएको थियो ।


मंगलबार राती परेको पानीले झनै समस्या भएपछि एक नम्बर प्रदेशकी महिला  सांसद नेपाली काग्रेसकी विन्दिया कार्कीले लत्ता कपडा खाद्यन्न सामाग्री सहयोग गरेकी थिईन् । आगलागी पिडीत सुनिताका परिवारलाई नेपाली काग्रेसकी नेपाल महिला संघ वडा नम्बर ५ की सचिव अन्जु दाहालको नेतृत्वमा सहयोग गरिएको थियो ।
सुनिताका परिवारमा दुई छोरी मात्र रहेका छन् । उनका श्रीमान्को निधन भईसकेको छ । सु्निता विराटनगरको लाईफ गार्ड हस्पिटल अगाडी बसेर ठेलामा चिया बेच्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्