पाकिस्तानको मतदान केन्द्र नजिकै बम बिष्फोट हुँदा ३१ जनाको मृत्यु

<span class='c1'>पाकिस्तानको मतदान केन्द्र नजिकै बम</span> <span class='c2'>बिष्फोट हुँदा ३१ जनाको मृत्यु</span>

बीबीसी । पाकिस्तानको क्वेटा सहरमा रहेको एक मतदान केन्द्र नजिकै बम बिष्फोट हुँदा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । क्वेटा सहरको पूर्वी बाईपासमा रहेको मतदान केन्द्रमा आत्मघाती बम बिष्फोट हुँदा ३१ जनाको मृत्यु भएको हो । क्वेटाका डीआईजी अब्दुर रज्जाक चीमा मतदान केन्द्रको निरीक्षण गरिरहेका बेला उक्त विष्फोट भएको बताइएको छ ।
आत्मघाती विष्फोटमा परी मृत्यु भएका मध्येमा प्रहरी पनि रहेका छन् । कयौं मानिसहरु घाइते भएका छन् । पाकिस्तानमा केन्द्रीय र प्रान्तीय संसदका लागि मतदान भइरहेको छ । पाकिस्तानको चुनावमा ९५ पार्टीका ११ हजार ६७६  उमेदवारहरु मैदानमा प्रतिष्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्