सिरियामा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

<span class='c1'>सिरियामा आत्मघाती आक्रमण, कम्तीमा</span> <span class='c2'>५० जनाको मृत्यु</span>

काठमाडौं, साउन ९ । सिरियाको दक्षिणी सुबेइदा सहरमा बुधबार गराइएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

सरकार नियन्त्रित क्षेत्रमा गराइएको आक्रमणमा मारिनेमा ३२ जना सरकार समर्थित लडाकू र २२ जना सर्वसाधरण छन् ।

सरकारी सेनाले अरु दुईजना आत्मघाती आक्रमणकारीलाई भने विस्फोट गराउनुअघि नै मारेको सरकारी समाचार एजेन्सी ‘सना’ले जनाएको छ । एकजना आक्रमणकारीलाई नियन्त्रणमा लिइएको सरकारी भनाइ छ ।

घटनामा इस्लामिक अतिवादी समूह ‘आइएस’का २० भन्दा बढी लडाकू पनि मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुखले जनाएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्