दुई प्रधानमन्त्री र नौं मन्त्रीले नैतिकताको आधारमा पदत्याग गरेको इतिहास

<span class='c1'>दुई प्रधानमन्त्री र नौं मन्त्रीले</span> <span class='c2'>नैतिकताको आधारमा पदत्याग गरेको इतिहास</span>

काठमाडौं । पदभन्दा नैैतिकता ठूलो हो । जसलाई पटक–पटक राजनीतिक दलका नेताले पुष्टि गर्दै आएका छन् । नेपाली राजनीतिमा कमै देखिने नैतिकता पछिल्लो समय कानून मन्त्री शेरबहादुर तामाङले देखाएका छन् । तर, उनी पहिलो पात्र भने होइनन् । आलोचनापछि आत्मग्लानी महसुस गरेर राजीनामा दिने प्रधानमन्त्री र मन्त्रीको संख्या कम भने छैन ।

लोकतन्त्रमा जनता बलियो हुन्छ, जहाँ जनताले चुनेकाले जनतामाथि शासन गर्छन् । तर, जसलाई निर्वाचित गरे त्यसलाई पदबाट हटाउन पनि जनता सक्षम छन् । २००७ साल यता धेरै मन्त्री जसले पदभन्दा प्रतिष्ठा ठूलो भन्दै राजीनामा दिए त धेरैले जनआक्रोशलाई रोक्न राजीनामा दिए । विश्व राजनीतिमा प्रतिष्ठाका नाममा राजीनामा दिएर ख्याती कमाएका मन्त्री, नेता जस्तै नेपालमा पनि राजीनामा दिनेको संख्या कम भने छैन ।

२००७ साल विपी कोइरालाको राजीनामा :

नेपाली काँग्रेसका तत्कालीन नेता विशेश्वरप्रसाद कोइरालाले २००७ सालपछि मोहनशमशेर राणाको प्रधानमन्त्रीत्वमा बनेको सरकारका गृहमन्त्री रहँदा विद्यार्थी नेता चिनियाँकाजी श्रेष्ठको मृत्यु भएपछि नैतिकताका कारण राजीनामा दिएका थिए ।

२०३६ तत्कालिन सहायक शिक्षा मन्त्री कल्पना विष्टको राजीनामा :

अनौपचारिक रुपमा विश्वकपमा सहभागी हुने विषयमा दिएको अभिव्यक्तिकै कारण मन्त्री पद खोसिएको थियो । त्यस्तै स्वास्थ्य राज्यमन्त्री बद्री मण्डलले वीर अस्पतालकी नर्सलाई अपशब्द बोलेको कारण राजीनामा दिनुपरेको थियो ।

२०३० र २०३६ सालमा कीर्तिनिधि विष्टद्वारा प्रधानमन्त्री पदबाट राजीनामा :

सिंहदरबारमा आगलागी हुँदा नैतिकताका आधारमा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिएका थिए । २०३६ साल बैशाख १९ गते विद्यार्थी आन्दोलनका कारण शिक्षामन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिएका थिए ।

२०४५ सालमा केशरबहादुर विष्टद्वारा शिक्षा तथा खेलकुद मन्त्रीबाट राजीनामा :

दशरथ रंगशालामा खेल भइरहेको समयमा आएको हावाहुरीका कारण ७१ जना नागरिकको ज्यान गएपछि विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

२०६६ सालमा पुष्पकमल दाहालद्वारा पदबाट राजीनामा :

तत्कालिन नेपाली सेनाका प्रमुख सेनानी रुकमांगत कटुवालसँगको सम्बन्धका कारण नौ महिनामै पदबाट राजीनामा दिन बाध्य भएका थिए ।

२०६८ सालमा शरतसिंह भण्डारीको राजीनामा :

बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका भण्डारीले देश टुक्रिने अभिव्यक्ति दिएपछि चर्को आलोचना भएको थियो । आलोचना पछि मधेशी जनाधिकार फोरमले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

२०७२ असार १५ मा मन्त्री हरिपं्रसाद पराजुलीको राजीनामा :

सुशील कोइराला नेतृत्वको सरकारमा कृषि मन्त्री भएका पराजुलीले काठमाडौंको मूलपानीमा धान दिवस मनाउँदा महिलामाथि अशिष्ट व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनलाई राजीनामा दिन पार्टीले निर्देशन दिएको थियो ।

२०७२ मा उर्जा मन्त्री राधा ज्ञवाली बर्खास्त :

सुशील कोइराला नेतृत्वको सरकारमा तत्कालीन नेकपा एमाले नेतृ राधा ज्ञवालील सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको आरोप लागेको थियो । उनको राजीनामा माग्दा समेत ज्ञवालीले राजीनामा नदिएपछि उनलाई बर्खास्त गरिएको थियो ।

२०७२ सालमा पुरुषोत्तम पौडेलद्वारा खेलकुद मन्त्रीबाट राजीनामा :

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिमा पौडेलले पदीय आचरण अनुसार काम नगरी भ्रष्टाचार गरेको आरोपमा पौडेललाई राजीनामा दिन निर्देशन गरिएको थियो ।

२०७४ सालमा दिलनाथ गिरीद्वारा सहरी विकासमन्त्रीबाट राजीनामा :

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा पार्टी अध्यक्ष कमल थापासँग भएको विवादलाई मुख्य कारण बनाएपछि हेपिएर पदमा बस्नु उचित नहुने भन्दै गिरीले राजीनामा दिएका थिए ।

२०७५ सालमा शेरबहादुर तामाङद्वारा कानूनमन्त्रीबाट राजीनामा :

बंगलादेशमा पढ्न जाने छात्राको बारेमा दिएको नकरात्मक टिप्पणीका कारण तामाङले पद भन्दा प्रतिष्ठा ठूलो भन्दै राजीनामा दिएका थिए ।

यिमध्ये धेरैले नैतिकताका आधारमा राजीनामा दिएका थिए भने धेरै राजीनामा दिन बाध्य भए । तर, सत्य यहि हो कि पछिल्लो समय मन्त्रीहरुमा मन्त्रालय सम्हालेको दम्भ बढ्दा २०४५ साल पूर्व नैतिकताका आधारमा राजीनामा दिएका मन्त्रीबाट अन्य मन्त्रीले पनि सिक्न जरुरी छ । (न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्