विराटनगर । विराटनगर महानगरपालिका-६ नम्बर वडा कार्यालयले विपन्न वर्गका वडावासीहरूका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ। वडा कार्यालयले स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरी पहिचान गरिएका एक हजार घरधुरीका पाँच हजार विपन्न नागरिकलाई यो सेवा प्रदान गरेको हो।
वडाध्यक्ष हरिशचन्द्र सहनीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ३५ लाख रुपैयाँको सिलिङ बजेटबाट यो कार्यक्रम कार्यान्वयन गरिएको छ। वडावासी कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष सहनीले बताए।
वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा समेत यस कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस पहलले विपन्न वर्गको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास गरिएको छ।