कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार तिवारीलाई

<span class='c1'>कृष्णभूषण बल सिर्जना</span> <span class='c2'>पुरस्कार साहित्यकार तिवारीलाई</span>

विराटनगर, १० साउन । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले हरेक बर्ष प्रदान गर्दै कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार नारायण तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । प्रतिष्ठानको बैठकले विक्रम सम्वत् २०७४ सालको कृष्णभूषण बल सिर्जना पुरस्कार साहित्यकार तिवारीलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यको कथा र कविता विधामा चार दशकभन्दा लामो समयदेखि योगदान गरेको भन्दै बैठकले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि २५ हजार रसम्मानपत्र रहेको छ । उनका कथा, कविता, उपन्यास, संस्मरण बाल साहित्य समेत गरी दश कृति प्रकाशित छन् । यस अघि यो पुरस्कारबाट कविहरू जसराज किराँती, श्यामल, मन्जु काँचुली, बम देवान पुरस्कृत भइसकेका छन् । पुरस्कार आगामी असोज ६ गते विराटनगरमा वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्