इमरान नयाँ ‘पाकिस्तान’ का कप्तान !

<span class='c1'>इमरान नयाँ ‘पाकिस्तान’</span> <span class='c2'>का कप्तान !</span>

राजेश चाम्लिङ राई

काठमाडौँ, साउन ११ गते । के पाकिस्तानले पूर्व क्रिकेटरलाई प्रधानमन्त्री बनाउँदैछ ? विहीबार साँझसम्मको मतगणना परिणामले – ५६ वर्षीय पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने सङ्केत देखिएको छ । पुराना राजनीतिक दलभने प्रारम्भिक मत गणनामा निक्कै पछाडि छन् ।
बुधबार सम्पन्न भएको आम निर्वाचनको प्रारम्भिक नतिजामा पाकिस्तानी राष्ट्रिय टिमका पूर्व कप्तान खानको पार्टी पाकिस्तान तहरिक ए–इन्साफ (पिटिआई)ले अन्य प्रतिपर्धीलाई निक्कै पछि पारेको छ ।
बिहीबारसाँझसम्म मतगणना सम्पन्न भएका कुल ८४ सिटमध्ये पिटिआईले ५० स्थानमा विजय हासिल गरेको छ । दोस्रो प्रतिपर्धी पाकिस्तान मुश्लिम लिग (पिएमएल) मात्र १७ स्थानमा चित्त बुझाइरहेको छ ।
नयाँ सरकार गठनका लागि कुल २७२ सदस्यीय संसदमा १३७ स्थानमा विजय हासिल गर्नुपर्छ । पाकिस्तानी मिडियाका अनलाइन संस्करणमा मतगणना भइरहेको स्थानमध्ये ११७ स्थानमा पिटिआईको अग्रता रहेको देखाइएको छ । अन्तिम नतिजा आउँदासम्म यही प्रवृत्ति कामय रहेमा पिटिआईले साना साझेदार दलको साथ लिएर सरकार बनाउने छ । खानले आफ्नो नेतृत्वमा साना दल सम्मिलित संयुक्त सरकार गठन गर्ने सम्भावना छ ।

को हुन खान ?
सन् १९५२ मा लाहोरमा जन्मिएका खानले सन् १९९२ मा पाकिस्तानलाई क्रिकेटको विश्वकप दिलाएका थिए । खानले सन् १९८२ मा ३० वर्षको हुँदा पाकिस्तानको राष्ट्रिय टोलीको कप्तानी लिनुभएको थियो । पाकिस्तानले उहाँको कप्तानीमा ४८ वटा ‘टेस्ट म्याच’ खेलेको छ । जसमध्ये १४ वटामा पाकिस्तानले विजय हासिल गरेको छ भने आठ वटामा पराजय र २६ वटामा बराबरी गरेको छ । उहाँलाई पाकिस्तानमा एक सफल क्रिकेटरको रूपमा हेरिन्छ ।
क्रिकेटबाट सन्यास लिएपछि खानले सन् १९९६ मा पिटिआईको स्थापना गर्नुभएको थियो । शुरुमा पाकिस्तानी जनताले धेरै विश्वास नगरे पनि पिटिआईले निरन्तर राजनीतिक गतिविधिमा सहभागिता जनाउँदै आएको छ । सन् २००२ मा पाकिस्तानको सेनाले ‘कु’ गर्दा उहाँले समर्थन जनाउनुभएको थियो ।
सैनिक जनरल पर्वेज मुर्सरफले भ्रष्टाचार अन्त्य गर्न सक्ने भन्दै उहाँले सेनाको कदमप्रति समर्थन जनाउनुभएको थियो । त्यसबेला खान आफ्नो जन्मस्थलसमेत रहेको मैनावलीबाट संसदको निर्वाचित सदस्य हुनुहुन्थ्यो । तर पछि आलोचना गरेपछि मुर्सरफकै कार्यकालमा उहाँ नजरबन्दमा समेत पर्नुभयो ।
अहिले उहाँको विजयमा सेनाप्रतिको त्यही ‘लचकता’ले काम गरेको आरोप पनि लागेको छ । सन् २००८ को आम निर्वाचन वहिस्कार गरेको पिटिआईले सन् २०१३ को निर्वाचनमा भने प्रगति गरेको थियो । पिटिआईसँग अहिले राष्ट्रियसभाको कुल सिटमध्ये दश भागको एक भाग छ ।
उक्त निर्वाचनमा पनि खान संसद सदस्यमा निर्वाचित हुनुभयो भने पञ्जाव र कराँचीमा उहाँको पार्टी मुख्य प्रतिष्पर्धी बनेको थियो । पिटिआईले मुख्यत भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएको छ । यो निर्वाचनमा पनि उसले ‘नयाँ पाकिस्तान’ भन्ने नारालाई मूल मुद्दा बनाउँदै आएको थियो । (विभिन्न ऐजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्