क्यालिफोर्नियामा भीषण डढेलो, तीन हजार स्थानीयलाई घर छोड्न आग्रह

<span class='c1'>क्यालिफोर्नियामा भीषण डढेलो, तीन हजार</span> <span class='c2'>स्थानीयलाई  घर छोड्न आग्रह</span>

लस एन्जेलस – क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलो निकै दू्रत गतिमा फैलिएकाले क्यालिफोर्निया सरकारले उक्त राज्यका दुईवटा जिल्लामा आपतकालीन अवस्थाको घोषणा गरेको छ । दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति दू्रत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउनले सो घोषणा गरेका हुन् ।जंगलको आगो बस्तीमा पनि प्रवेश गरेको र यसले कैयौँ घर र संरचना ध्वस्त बनाएको छ । गभर्नर ब्राउनले आपतकालीन अवस्थाको घोषणा गर्दै त्यहाँका स्थानीय बासिन्दालाई बाहिर सर्न आग्रह गरेका हुन् ।

सो क्षेत्रमा अहिले उच्च तापक्रम, कम आद्रता र हावाहुरी चलिरहेकाले पनि आगो फैलिनेक्रम थप दू्रत बनेको आपतकालीन सूचनामा जनाइएको छ । आगो लस एन्जेलसबाट ९० माइल पूर्वसम्म आइपुगेको छ । यस आगलागी करिब चार हजार ७०० एकडमा फैलिएको छ । त्यहाँबाट २,००० घरका करिब तीन हजार स्थानीय बासिन्दालाई आ–आफ्नो घर छोड्न आग्रह गरिएको छ । आगो फैलिन नदिन उद्धारकर्मीले काम गरिरहेका छन् । तर पनि उच्च तापक्रमका कारण यो काम त्यति प्रभावकारी बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्