प्रदेश नं १ : शुक्रबार अपराधका घटना धेरै (यस्तो छ रिपोर्ट)

<span class='c1'>प्रदेश नं १ : शुक्रबार अपराधका</span> <span class='c2'>घटना धेरै (यस्तो छ रिपोर्ट)</span>

उहाँले गत वर्ष शुक्रबारका दिन मात्र एक हजार १२८ घटना भएको तथ्यांक पेश गर्नुभयो । प्रदेश कार्यालयका अनुसार अपराधजन्य क्रियाकलाप असारमा बढी हुने गरेको छ ।

गत आव २०७४÷०७५ मा सबैभन्दा बढी असारमा ८७७ अपराधजन्य क्रियाकलाप भएको प्रमुख रिजालले बताउनुभयो । कार्यालयका अनुसार गत वर्ष साउनमा ५७७, भदौमा ६००, असोजमा ५९४, कात्तिकमा ५४५, मंसिरमा ५५२, पुसमा ५०१, माघमा ५३७, फागुनमा ६६७, चैतमा ६९४, वैशाखमा ६८९, जेठमा ८५० र असारमा सबैभन्दा बढी ८७७ अपराधका घटना भएका छन् ।

प्रदेश कार्यालयले प्रदेशमा आपराधिक घटना न्यूनीकरण र नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सञ्चालन गरेको छ । प्रमुख रिजालले कार्यालयले अपनाएको सुरक्षा रणनीतिअनुरुप घरघरमा प्रहरी टेलिफोन नंसहितको जानकारीमूलक स्टिकर टाँस्ने अभियानदेखि राजमार्ग विशेष सुरक्षा जाँच अभियान, ग्रामीण सुरक्षा गस्ती तथा सीमा क्षेत्रमा उच्च सतर्कता अभियान सञ्चालनका कारण अपराधका घटनामा कमी आएको जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्