विराटनगरमा नेपाली काग्रेस मोरङले वर्तमान सरकारको भण्डाफोर गर्दै

<span class='c1'>विराटनगरमा नेपाली काग्रेस मोरङले</span> <span class='c2'>वर्तमान सरकारको भण्डाफोर गर्दै</span>

विराटनगर, १२ साउन । नेपाली काग्रेस मोरङले आगामी साउन १५ गते वर्तमान सरकारको भण्डाफोर गर्ने जनाएको छ । रानी युवा क्लवमा शनिबार नेपाली काग्रेस जिल्ला कार्य समिति मोरङले आयोजना गरेको भण्डारफोर छलफलमा भण्डाफोर गर्ने निर्णय गरेको हो । नेपाली काग्रेस केन्द्रिय कार्य समितिको परिपत्र अनसार वर्तमान सरकारका अधिनायकवादी एवं जन विरोध क्रियाकलाप विरुद्ध १५ गते विरोध जनाउन लागेको मोरङ काग्रेसका सभापति डिग बहादुर लिम्बुले बताए ।
सरकारले जनताले तिर्न नसक्ने गरी वृद्धि गरिएको कर विरुद्ध, पेट्रोलियम पदार्थको मुल्य वृद्धिसंगै दैनिकी उपभोग्य वस्तुमा भएको वृद्धिको विरोध जनाउन लागिएको लिम्बुले जानकारी दिए ।
सरकारले संचार क्षेत्र र न्यायलय क्षेत्रमा लगाउन खाजेको अंकुश, सर्वोच्च अदालतको निर्णयले आजीवन कारवासको सजार पाएका हत्यारा बालकृष्ण ढुङगेलको रिहाई विरुद्ध लगायतका १४ बुदे विरोधका माग सहित आगामी १५ गते विरोध सभा गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्