विराटनगरमा संचालित ७ दिने बडी बिल्डीङ्ग कोचको प्रशिक्षण सम्पन्न

<span class='c1'>विराटनगरमा संचालित ७ दिने बडी</span> <span class='c2'>बिल्डीङ्ग कोचको प्रशिक्षण सम्पन्न</span>

विराटनगर, १२ साउन । बडी बिल्डीङ्ग क्लवमा प्रशिक्षण गर्ने कोचहरुलाई व्यावसायीक बनाउने उद्देश्यले मोरङको विराटनगरमा संचालन भएको ७ दिने प्रशिक्षण सम्पन्न भएको छ ।
प्रदेश १का समाजिक विकास मन्त्री जिवन घिमीरेले तालिममा सहभागी ३४ जना कोचलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरे । कार्यक्रममा मन्त्री घिमिरेले खेल युवाहरुका लागि अत्यावश्यक भएकोले प्रदेश सरकारले खेलकुदको लागि बिभिन्न कार्यक्रमहरु अघि सारेको बताए । खेलले जिवनलाई अनुसाशित बनाउन सहयोग गर्नेमा मन्त्री घिमिरेले जोड दिए । प्रमाणपत्र वितरण कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संघसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए । यस्ता खेलले युवालाई समाज सँग जोडन सहयोग गर्ने बताए ।
मोरङ जिल्ला बडी विल्डीङ एण्ड फिटनेस संघले तालिमको आयोजना गरेको हो । इन्टरनेशनल फेडेरेसन आफ बडी विल्डीङ एण्ड फिटनेशका एक्सपर्ट शिवलाल श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक राजेन्द्ररत्न तुलाधर, न्यूट्रिसन एक्सपर्ट सुनिल राजवंशी, स्पोर्ट साइन्सका प्राध्यापक दिवाकरलाल अमात्य, हाडजोर्निका डाक्टर नविनकुमार कर्णले कोचहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा उनीहरुलाई बडीविल्डीङ टेक्निक, स्पोर्ट साइन्स र औषधि तथा आहारको बारेमा जानकारी गराइएको बडीविल्डीङ संघ मोरङका कोषाध्यक्ष किशोर पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्