इन्डोनेसियामा भूकम्प : कम्तीमा १० जनाको मृत्यु

<span class='c1'>इन्डोनेसियामा भूकम्प : कम्तीमा</span> <span class='c2'>१० जनाको मृत्यु</span>

बिबिसी ।

इण्नेशियाको लोम्बक टापुमा आइतबार भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।

कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएका छन्। भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ।

घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए। भूकम्पपछि कम्तीमा ६० वटा परकम्पहरू गएको अधिकारीहरूले बताएका छन्।

नजिकैको बाली टापुमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो। बाली जस्तै लोम्बक पनि लोकप्रिय पर्यटकीय स्थल हो।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार मटाराम शहरदेखि ५० किलोमिटर उत्तर-पूर्वमा भूकम्पको केन्द्रविन्दु थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्