प्रेम देवान
विराटनगर १३ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरमा कैदी बन्दी बस्नको लागी २ कोठे हिरासतकक्षको आजदेखि औपचारीक रुपमा सुचारु गरिएको छ ।
स्थानियवासीको सहयोग तथा तथा ईलाका प्रहरी कार्यलय रानीको पहलमा १९ लाख बराबरको लगानीमा २ कोठे हिरासतको औपचारिक रुपमा समउद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले हिरासतको उद्घाटनगर गर्नुभएको थियो ।
अन्य बेला २०५० सालमा निर्मित भवको एक कोठामा बस्दै आएका कैहीबन्दीहरुका लागी महिला र पुरुष दुवैको लागी छुट्टा छुट्टै कोठा निर्माण गरिएको ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
अरु बेला ईलाका प्रहरी कार्यलय रानीमा पुरुषलाई मात्र राख्ने गरिएको थियो भने यसपटकदेखी एउटै भवनमा महिला र पुरुष दुवैको लागी सुविधा युक्त हिरासत बनाईको उनले बताए । हिरासतमा रहेका महिला पुरुष दुवैको लागी भित्रै अट्याच ट्वाईलेट बाथरुम सहितको हिरात बनाईएको निरौलाले जानकारी दिए ।
स्थानिय समाजसेवी राजेस गुप्ताको संयोजकत्वमा ११ सदस्यीय भवन निमार्ण कार्य समिति गठन गरि हिरासत भवनलाई सञ्चालनमा ल्याइएको छ ।