विराटनगरका बुद्धि प्रधान लर्ड्समा भइरहेकाे त्रिपक्षीय क्रिकेटकाे अम्पायरिगं गर्दै

विराटनगरका बुद्धि प्रधान लर्ड्समा भइरहेकाे त्रिपक्षीय क्रिकेटकाे अम्पायरिगं गर्दै

विराटनगर घर भएका अंतरराष्ट्रीय क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधानले लर्ड्समा भइरहेकाे अन्तराष्ट्रिय स्तरकाे क्रिकेट प्रतियाेगिताकाे अम्पायरिगं गरिरहेका छन् । लंडनकाे लर्डस क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र मेलबर्न क्रिकेट क्लब बिचकाे त्रिपक्षिय ट्वान्टि ट्वान्टी प्रतियाेगितामा उनले अम्पायरिगं गरिरहेका हुन् । उनले नेदरलैण्ड र मेलबर्न क्रिकेट क्लब बिच हुन लागेकाे खेलमा एक अम्पायरकाे भुमिका निर्वाह गर्ने छन् । विराटनगरमा जन्मिएका प्रधानले विभिन्न अन्तराष्ट्रिय वान डे तथा टिट्वान्टी क्रिकेटहरूकाे अम्पायरिगं गरिसकेका छन् । उनी विराटनगर स्थित बुढानिलकण्ठ स्कुलका सन्चालक पनि हुन ।
यहि श्रृखंला अन्तरगत नेपाली क्रिकेट टाेलीले मेलबर्न क्रिकेट क्लब र नेदर्ल्यान्डकाे टाेलीसँग खेल्दैछ । नेदरल्याण्ड र नेपालकाे खेललाइ अाइसिसिले अन्तराष्ट्रिय टिट्वाइन्टिकाे मान्यता दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्