विराटनगरमा सरकार विरुद्ध कांग्रेस भातृसंगठनको विरोध प्रदर्शन

<span class='c1'>विराटनगरमा सरकार विरुद्ध कांग्रेस</span> <span class='c2'>भातृसंगठनको विरोध प्रदर्शन</span>

विराटनगर, १४ साउन । केपी शर्मा ओली नेतृत्वको सरकार अभिनायकवाद तर्फ उन्मुख भएको भन्दै नेपाली कांग्रेस मोरङका भातृसंगठनले विराटनगरमा विरोध र्याली निकालेका छन् । सरकार गठन भएको ५ महिना बितिसक्दा पनि जनजीविकाका मुद्दातर्फ सरकार केन्द्रीत नभएको भन्दै उनीहरूले सोमबार विराटनगरमा विरोध ¥याली निकाले हुन् । कांग्रेसले भोली मंगलबार देशभर सरकार विरुद्ध प्रदर्शन गर्दैछ । त्यसकै पूर्वसन्ध्यामा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ र नेपाल टे«ड युनियनले मोटरसाइकल र्याली निकालेका हुन् ।
हाटखोला खेलमैदानबाट निस्किएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने, संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने लगायतका माग राखेर कांग्रेसले सडक आन्दोलन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्