मोरङ जिल्लामा बेग्लाबेग्लै सवारी दुर्घटनामा तीन घाइते 

मोरङ जिल्लामा बेग्लाबेग्लै सवारी दुर्घटनामा तीन घाइते 

मोरङ, साउन १५ गते।

मोरङ जिल्लाको बेग्लाबेग्लै स्थानमा सोमबार भएको सवारी दुर्घटनाबाट तीन जना घाइते भएका छन्।

मोरङको पथरी-शनिश्चेर नगरपालिका २ देवीगञ्जमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को २८ प ८००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक जिल्ला भोजपुर तिवारीभञ्ज्याङ गाउँपालिका ४ बस्ने २० वर्षीय रमेश कार्की घाइते भएका छन।

घाइते कार्कीको पथरी अस्पतालमा उपचार भईरहेको छ भने दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय पथरीमा ल्याई राखिएको छ।

यसैगरी मोरङ जहदा गाउँपालिका १ भित्री सडक खण्डमा ट्याम्पु दुर्घटना हुँदा दुई जना घाइते भएका छन।

रानीबाट भुटाहातर्फ जादै गरेको को १ ह ९७५० नम्बरको ट्याम्पु अनियन्त्रित भई दुर्घटना हुँदा ट्याम्पुमा सवार रहेका जहदा गाउँपालिका १ बस्ने सुरेश हेमरन र उनकी पत्नी सुकुर मरण्डी घाइते भएका हुन।

घाइते दम्पतीको कोशी अंचल अस्पतालमा उपचार भईरहेको छ भने ट्याम्पुसहित चालक मोरङ जहदा गाउँपालिका २ बस्ने गणेश चौधरीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुधनगरको नियन्त्रणमा राखिएको छ।

यसैगरी रंगेली नगरपालिका ७ बसपार्कमा मोटरसाइकलको ठक्करबाट सुनवर्षी नगरपालिका ८ बस्ने दिलिप यादवको छोरा प्रिन्स यादव घाइते भएका छन।

प्रिन्सलाई सोमबार दिउँसो बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ४ प ४४५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

घाइते बालकलाई मोटरसाइकल चालक आफैले उपचारार्थ गोल्डेन अस्पताल विराटनगर ल्याएको छ भने ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्