कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने

कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने

काठमाडाै, १५ साउन ।  मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकबादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने  उनले बताए  । माेरङमा प्रदर्शनकाे तयारी ब्यापक पारिएकाे नेपाली का‌ग्रेसका जिल्ला सभापति डिकबहादुर लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्