लाइभ च्याटमा अश्लील कुरा गरे ट्विटर अकाउन्ट ब्लक हुने

<span class='c1'>लाइभ च्याटमा अश्लील कुरा गरे</span> <span class='c2'>ट्विटर अकाउन्ट ब्लक हुने</span>

माइक्रो ब्लगिङ साइट ट्विटरले गलत भाषाको प्रयोग गर्ने मानिसहरु माथि कारवाही गर्न कडा कदम उठाएको छ ।ट्विटरका अनुसार आगामी १० अगष्टदेखि उसको लाइभ स्ट्रिमिङ्ग प्लेटफर्म पेरिस्कोपमा अभद्र भाषाको प्रयोग गर्ने ट्विटर प्रयोगकर्ताको अकाउन्ट ब्लक गरिदिन सक्दछ ।

लगातार अभद्र भाषाको प्रयोग गर्ने व्यक्तिहरुको अकाउन्टको जाँच गरेर कारवाही गरिने ट्विटरले जनाएको छ ।ट्विटरमा सुरक्षित माहोल बनाउने प्रयासस्वरुप पेरिस्कोप लाइभ च्याटमा हुने टिप्पणीका सन्दर्भमा नयाँ गाइडलाइन्स जारी गरेको ट्विटरको भनाई छ ।

एक ब्लगपोष्ट मार्फत यसको जानकारी दिँदै ट्विटरले आगामी १० अगष्टदेखि अकाउन्टहरुको रिभ्यू गरी त्यस्ता अकाउन्टहरुले ट्विटरको नयाँ गाइडलाइन्सको उल्लंघन गरे नगरेको परीक्षण गर्ने जनाएको छ । यदि लाइभ च्याटका क्रममा कुनै प्रयोगकर्ताले अश्लील भाषामा कमेन्ट गरेको पाइएमा पेरिस्कोपले त्यस्ता टिप्पणीहरुका विषयमा रिभ्यू गर्नका लागि अन्य प्रयोगकर्तालाई पठाउनेछ । यदि त्यस्ता आपत्तिजनक टिप्पणीहरु लगातार गरेको पाइएमा त्यस्ता च्याटकर्ताको अकाउन्ट ब्लक गरिनेछ ।

ट्विटरले आफ्ना प्रयोगकर्तालाई अपिल गर्दै अश्लील लाइभ कमेन्ट गरेको पाइएमा रिपोर्ट गर्न भनेको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्