साउन १५ मा आश्रमका आमाहरुलाई खिर

<span class='c1'>साउन १५ मा</span> <span class='c2'>आश्रमका आमाहरुलाई खिर</span>

विराटनगर, १५ साउन । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । कसैले घरमा नै खिर खाएर यो पर्व मनाए भने कतिले होटल तथा रेष्टुराँ तिरै तयार भएको खिर खाएर यो दिनको स्मृति मेटे होला ।
तर विराटनगरका १० महिलाहरुले मिलेर भने आश्रममा रहेका वृद्धा आमाहरुलाइ खिर खुवाएर यो पर्व मनाएका छन् । विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा रहेका वृद्धाहरुलाई खिर खुवाएका छन् ।
विराटनगरकी सुप्रिया श्रेष्ठको नेतृत्वमा आश्रम रहेका आमाहरुलाई आफैले पकाएर आमाहरुलाई खिर खुवाएका छन् । विराटनगरका सुप्रिया श्रेष्ठ, सनिता श्रेष्ठ, सुष्मा थापा, कल्पना थपलिया, जिना शाक्य, तुम्ला श्रेष्ठ,प्रिया श्रेष्ठ, पुजा ग्वाली,दिपा गौतम र रेखा श्रेष्ठ मिलेर आश्रमको आमाहरुलाई खिर खुवाएका हुन् । छोराछोरी विहीन भएर आश्रम बसेका आमाहरुको रहरलाई एक आपसमा मिलेर खिर खुवाएको सुप्रिया श्रेष्ठले जानकारी दिईन् । खास गरी असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खिर खाने चलन चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्