विराटनगर न्यूरो अस्पतालका डाक्टर रोका सिंगापुरमा सम्मानित

<span class='c1'>विराटनगर न्यूरो अस्पतालका डाक्टर</span> <span class='c2'>रोका सिंगापुरमा सम्मानित</span>

विराटनगर, १६साउन । विराटनगर १० मा रहेको न्यूरो अस्पताल विराटनगरका डाक्टर यमबहादुर रोका सम्मानित भएका छन् । पूर्व क्षेत्रमा पहिलो पटक टाउकोको शल्यक्रिया गर्ने चिकित्सक मात्र नभई टाउकोको सवैभन्दा बढी सफल शल्यक्रिया गर्ने चिकित्सकको रुपमा परिचित रोका सिंगापुरमा सम्मानित भएका हुन् ।
सिगांपुरमा आयोजित एक कार्यक्रममा डा. रोकालाई दक्षिणपूर्वी एशियाका लागिन्यूरो सर्जरी विधामा आइकन अफ हेल्थ केयर २०१८, सिगांपुरबाट सम्मानित गरेको हो ।

आइकन अफ हेल्थ केयर एशिया महादेशमा कार्यरत स्वास्थ्यसँग सम्बन्धित संस्था तथा व्यक्तीहरुलाई हरेक वर्ष प्रदान गरिने सम्मान हो । स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका पहिचान गर्नुको साथै विश्वव्यापी रुपमा ज्ञान तथा सन्जाल आदान प्रदान गर्ने उद्देश्यले यस सम्मानको शुरुवात गरिएको बताइएको छ ।

सम्मान ग्रहण पछि डा. रोकाले खुशी व्यक्त गर्दे न्यूरो अस्पतालका आफना टिमको तर्फबाट सम्मान ग्रहण गर्दे खुशी तथा कृतज्ञता व्यतm गरेका छन् । न्यूरो सर्जरीको शुरुवात गरेको डाक्टर रोका विगत आठ वर्षदेखि नेपालको पुर्वी भागमा न्यूरो ओपिडी तथा टाउकोको शल्यक्रिया मात्र नभई न्यूरो सर्जरी सम्बन्धी सचेतना गर्न विभिन्न निशूल्क स्वास्थ्य शिविरहरु गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्