मोरङ, साउन १६ गते।
बिराटनगर महानगरपालिका ९ जनआन्दोलन चौकबाट प्रहरीले ४५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर-९ स्थित जनआन्दोलन चोकमा सवारी चेकजाँच गर्ने क्रममा सिटीसफारीमा लुकाई लैजादै गरेको अवस्थामा अवैध घरेलु मदिरा बरामद भएको हो।
अवैध मदिरा बिक्रि वितरणमा संलग्न व्यक्तिहरु प्रहरीलाई देख्नासाथ फरार भएका थिए।
बरामद मदिरा प्रहरी कार्यालयमा ल्याई राखिएको छ।