अन्तराष्ट्रिय फुटबल प्रतियाेगिताका लागि खेलाडीकाे प्रशिक्षण विराटनगरकाे सहिद मैदानमा हुने

अन्तराष्ट्रिय फुटबल प्रतियाेगिताका लागि खेलाडीकाे प्रशिक्षण विराटनगरकाे सहिद मैदानमा हुने

विराटनगर १७ साउन । भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिपमा सहभागी खेलाडीको एक महिने बन्द प्रशिक्षण विराटनगमा हुने भएको छ ।आगामी असोज ४ गतेदेखि १४ गते सम्म हुन लागेको एसियन स्कुल अण्डर १८ फुटबल च्याम्पियनसिपको लागी खेलाडी छनौटको लागी विराटनगरको सहिद रङगशालामा बन्द प्रशिक्षण गराईने भएको छ ।
काठमान्डौमा भएको ललित स्मृती यु १८ च्याम्पियनसिपबाट उत्कृष्ट ८० जना मध्येबाट ३५ जनालाई छनौट गरी बन्द प्रशिक्षणमा राखिने नेपाली राष्ट्रिय यु १८ टिम व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिए ।
उनका अनुसार – भारतको आगरामा भौगोलिक मौसम र विराटनगरको मौसम मिल्ने भएका कारण विराटनगरमा नै बन्द प्रशिक्षण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्