पथरी-शनिश्चरेमा सप्तकोशी विकास बै‌कको शाखा संचालनमा

<span class='c1'>पथरी-शनिश्चरेमा सप्तकोशी विकास</span> <span class='c2'>बै‌कको शाखा संचालनमा</span>

विराटनगर, १८ साउन ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाको पहलमा शनिश्चरे चोकमा स्थापित सप्तकोशी डेभलपमेन्ंट बंैकको शाखा कार्यालयको उद्घाटन गरिएको छ ।
नगर प्रमुख दिलिपकुमार राईले १४ औं शाखाका रुपमा उद्घाटन् गरे । उनले ग्रामिण क्षेत्रका नगरका वस्तीमा बैंकले सर्वसुलभ कर्जाका साथै ज्येष्ठ, असक्तहरुको सामाजिक सुरक्षा भत्तासहितको सेवा तथा विकासका गतिविधिमा सघाउनुपर्ने बताए । बैकका संस्थापक प्रमुख तारानाथ निरौलाले नगरपालिकाको पहलमा नगरको ग्रामिण क्षेत्रमा सामाजिक सुरक्षा भत्ता, कृषि कारोबारसहितका विकासका गतिविधिमा सघाउन बैंकको शाखा स्थापना गरिएको बताए । उनले अरु बैंकको चेक सटहीसहित अरु बैंकमा रकम पठाउन सकिने सेवा पनि उपलब्ध रहेको जानकारी दिए । विराटनगरमा मुख्य कार्यालय रहेको बैंकको मोरङ, इलाम र पाँचथरमा गरी १४ वटा शाखा सञ्चालन छन् । चाँडै नै झापा र सुनसरीमा पनि शाखा खोल्ने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्