काठमाडौं । शुक्रबार (आज) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । नेपालको पूर्वमा विराटनगर मध्यममा चितवनदेखि काठमाडौं र पश्चिममा महेन्द्रनगर आसपासमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले बताएको छ ।
बिहीबार (हिजो) रातिको समयमा देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै स्थानहरूमा हल्कादेखि मध्यम किसिमको वर्षा भएको थियो । देशभर केही स्थानमा आकाशमा बदली देखिएकाले नेपालका पूर्वीदेखि पश्चिमी सबै स्थानमा १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्ष हुने अनुमान जल तथा मौषम पूर्वानुमान महाशाखाले गरेको छ ।
यस्तो परिमाणको वर्षाले सामान्यतयः कुनै ठूलो नोक्सानी नपुर्याउने महाशाखाका मौषमविद् राजु प्रधानाङ्गले बताए । नेपालमा जुन ८ बाट मनसुन सक्रिय छ । लामो समय निष्क्रिय रहेको मनसुन जुन २७ बाट देशभर फैलिएको प्रधानाङ्गले जानकारी दिए ।
जुलाईको पहिलो सातामा केही निष्क्रिय भए पनि पछिल्लो समय मनसुन सक्रिय रहेको उनले बताए ।