विराटनगरको विराटेश्वर आश्रममा स्वास्थ्य परिक्षण र सरसफाई सँगै

<span class='c1'>विराटनगरको विराटेश्वर आश्रममा स्वास्थ्य</span> <span class='c2'>परिक्षण र सरसफाई सँगै</span>

विराटनगर, १९ साउन ।
लामो समयदेखि उपचार विहीन भई बसेका वृद्धा आश्रमका वृद्ध वृद्धालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रमका वृद्धवृद्धालाई शनिबार एक कार्यक्रम विच निःशुल्क स्वास्थ्य जाँच गराईएको हो । युवासंघ नेपाल र वाई सिएल वडा नम्बर ८ मिलेर आश्रममा रहेका ५५ जना वृद्ध वृद्धाको स्वास्थ्य अबस्थाको बारेमा जाच गराईएकोे युवासघ नेपाल वडा नम्बर ८ का अध्यक्ष मनिस भट्टराईले जानकारी दिए । कोशी अञ्चल अस्पताल विराटनगर, मेलान मोरङ र नेपाल फर्मासिटी प्रालिको प्राविधिक सहयोगमा स्वास्थ्य प्ररिक्षण गराइएको भट्टराईले बताए । यसैविच आश्रम भित्र परिवर्तनकालागि हातेमालो नामक संस्थाले सरसफाई अभियान गरेको छ । सरसफाई महाअभियान भन्ने नाराका साथ ३१ औं हप्ताअन्र्तगत संस्थाका अध्यक्ष विनोद परियारको नेतृत्वमा सरसफाई गरिएको हो । आश्रम भित्र भएका फोहोर जन्य वस्तु र झारपात उखेलेर सरसफाई गरिएको संस्थाकी सदस्य आशिका लम्सालले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्