कोशी अञ्चल अस्पतालमा विरामीलाई नि:शुल्क भोजन

<span class='c1'>कोशी अञ्चल अस्पतालमा</span> <span class='c2'>विरामीलाई नि:शुल्क भोजन</span>

विराटनगर, १९ साउन । श्रीकृष्ण प्रणमी युवा परिषद् नेपालले कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै गरेका विरामीहरुलाई निःशुल्क भोजन गराएको छ । साउन महिनाको हरेक शनिबार परिषद्ले विरामी र विरामीका आफन्तलाई निःशुल्क शाकाहारी भोजन गराएको परिषद्का अध्यक्ष गोकुल कोईरालाले जानकारी दिए । शनिबार पनि आर्थिक अबस्था कमजोर भएका विरामी तथा विरामीका कुरुवालाई निःशुल्क खाना खुवाईएको कोईरालाले बताए । काईरालाका अनुसार विरामीका आफन्त मात्र नभई अस्पतलामा वेसहरा भएर बसेका विरामीहरुलाई पनि निःशुल्क भोजन गराईँदै आएको छ। साउन महिनाको अन्तिम शनिबारसम्म निःशुल्क भोजन गराउने योजना रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्