विराट राजाको दरवार परिसरमा बृक्षारोपण

<span class='c1'>विराट राजाको दरवार</span> <span class='c2'>परिसरमा बृक्षारोपण</span>

विराटनगर, १९ साउन ।
लायन्स क्लब अफ मिल्स एरियाले विराटनगर स्थित विराट राजाको दरवार परिसर भेडियारीमा बृक्षारोपण गरेको छ । शनिवार भएको कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले बृक्षरोपण गरेर कार्यक्रमको उद्घाटन गरे । भेडियारी क्षेत्रमा रहेको विराट राजाको भग्नाबशेष रहेको स्थानमा मन्दिर र बस्ने फलैचा बनाएको छ । सोही स्थानमा १सय ५० वटा विरुवा रोपिएको लायन्सक्लव इन्टरनेश्नलका एरिया कोडिनेटर ३२५ ए वानका रानु गोयलले जानकारी दिए ।
विराटनगर महानगरपालिका र लायन्स क्लव विराटनगरको सहयोगमा आगामी दिनमा महानगरभित्र वृक्षारोपण प्राथमिकतामा राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्