ढाका, २० साउन । बङ्गलादेशमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । त्यहाँ भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि मोबाइल इन्टरनेट निषेध गरिएको हो ।
तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको राजधानी ढाकामा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् । प्रदर्शनले उग्ररुप लिएपछि कम्तीमा १०० जना घाइते भएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरु भर्ना गरिएको छ ।