विराटनगर–ईटहरी ६ लेन सडकका डिभाईडर काल बन्दै, टेण्डर मै लापरवाही

<span class='c1'>विराटनगर–ईटहरी ६ लेन सडकका डिभाईडर</span> <span class='c2'>काल बन्दै, टेण्डर मै लापरवाही</span>

सुमन सुस्केरा/प्रेम देवान ।
विराटनगर,२० साउन । गत बैसाख २२ गते राती ७ ः३० बजे तिर्थ यात्रामा गएको एउटा माईक्रो बस डिभाईडरमा ठोक्किएर दुर्घटना हुन पुग्यो । माईक्रोमा सवार १० महिला सबै घाईते भए । माईक्रो चालकले तिव्र गतिमा चलाएको कारण डिभाईडर भए-नभएको पत्तै लगाउन सकेनन् । माईक्रो अचानक डिभाईडरमा ठोक्कियो । सबै यात्रु काहालिन पुगे धेरै धाईते भएर अस्पताल नै भर्ना हुनु पर्यो । तर घाईते सबै जना अहिले सकासुल छन् । माईक्रो चालक भने आजसम्मपनि फरार छन् ।
माईक्रो वस दुर्घटनाको कारण एउटै थियो, सडकका बिचमा राखिएका डिभाईडर । त्यस लगतै असार १६ गते पिपल चोकमा पिक अप भेन र कार राती ८ बजेको समयमा एक आपसमा ठोक्किन पुग्यो । पुन ः साउन ४ गते एउटा यात्रुबहाक बसले रोड क्रस गर्न लागेको एउटा सिकारु भेनलाई ठक्कर दियो । यो सबै हुनुको एउटै कारण थियो , रंङ नपोतिएका डिभाईडर । बरगाछीदेखि दुग्ध विकास संस्थान अगाडीसम्म सडकभरी राखिएका सडक विचका डिभाईडर यतिबेला सवारी चालकको लागि दुर्घटना गराउने थलो बनेको छ ।
हुन त अहिले यो ६ लेन परियोजना अन्र्तगत जोगबनी देखि किमाथाङ्गकासम्म सडक बनाउने काम भईरहेको छ। पहिलो चरण अन्र्तगत रानी–बिराटनगर–ईटहरीदेखि तरहरासम्मको सडक ६ लेनको बनाउने काम धमाधम भईरहेको छ । हरेक दिन विराटनगर– धरान चल्ने यात्रुबहाक बस चलाउने सवारी चालक गंगा बराललाई पनि सडकको विचमा राखिएका डिभाईडरले निक्कै चिन्ता दिने गरेको छ । उनी भन्छन्,‘कहिलेकाहँी बस चलाउँदा डिभाईडरले तर्साउँछ । ’ सडकमा डिभाईडर त राख्योँ तर राती अध्यारोमा टल्कने ट्राफिक चिन्ह नराख्दा सबै सवारी चालकलाई समस्या हुने गरेको उनको गुनासो छ । सँधै नै सवारी चलाउँदै आएका सिन्धुलीका ट्याङ्गकर चालक खेम राईलाई पनि डिभाईडर राखेर पनि कलर अर्थात डिभाईडरमा रङ्ग नलगाएको चित बुझेको छैन ।  हप्तामा ३ – ४ पटक आयल निगम तेल लिन आउने उनी आयल निगममा रोडक्रस गरेर जान राती डिभाईडर मधुरो देखिने कारण कुन बेला ठोक्किने हो भन्ने त्रासमा गाडी चलाउनु परेको सुनाउँछन् । उनी भन्छन् ‘डिभाईडर राखेपनि यसलाई व्यावस्थित रुपमा नराखिँदा हामी सवारी चालकलाई सवारी चलाउनै असहज भएको छ ।
ट्राफिकको जेब्रा क्रसिङ
निर्माण कम्पनीले सवारी साधनको आवत जावत हुने ब्यस्त सडकको डिभाईडरमा राखिनु पर्ने सन्देश मुलक चिन्ह नराखिँदा दुर्घटना बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले राखिएका डिभाईडरमा केही ठाउँमा रातो, पहेलो टल्कने स्टिकर राखेको जनाएको छ। यतिबेला राखिएका ती स्टिकर पनि सबै च्यातिएका छन् । कुनै स्थानमा छन् भने कतिपय स्थानमा त स्टिकर राखेको नै छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका ट्राफिक प्रहरी निरिक्षक शिव पोखरेलले सडक बनाउने पक्रिया भईरहेका कारण कतिपय स्थानमा समस्या भएको बताए । प्राय रोड क्रसिङ स्थानमा चिन्ह लगाईसकेको तर डिभाईडरमा रङ्ग लगाउने जिम्मा सडक निर्माणको जिम्म लिएको ठेकेदारको हुने बताए । उनी भन्छन् , ‘उताबाट ढिलो भएका कारण अलिक समस्या देखिएको छ, हामीले रोड क्रस गर्नकोलागि जेब्रा क्रस जस्ता चिन्ह बनाई सकेका छौ ।’ तर जेब्रा क्रसिङ बनाउने दायित्व पनि सिक्स लेन सडक आयोजना अन्तरगतको ठेकेदार कम्पनीको हो । जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांकमा ४ महिनाको अवधीमा करिब एक दर्जन सवार िदुर्घटना यही डिभाईडरमा ठेक्कीएर भएको छ ।
ठेक्का मै लापरवाही
६ लेन सडक परियोजना भने यस बारेमा ठेकेदार कम्पनीको दोष भन्दा पनि टेण्डर नै गलत भएको बताएको छ। शुरुको सडक बनाउने बेला भएको टेण्डरमा नै डिभाईडरमा लगाउने रिफ्लेक्सन कलर गर्ने दायित्व ठेकेदारलाई दिईनु पर्नेमा छुटेको रानी–विराटनगर–ईटहरी–धरान ६ लेन सडक परियोजनाका ईन्जिनियर सुमोद पोखरेलले बताए । अहिले तत्काल फेरी ठेक्का लगाईहाल्ने अबस्था नरहेको कारणले समस्या भएको उनको भनाई छ । अहिले काम गरिरहेको ठेकेदार कम्पनी एआईपिएल–पप्पु जेभीले सम्पन्न भएको काम जिम्मा नलगाउँदा सम्म अर्को ठेक्का लगाउन सक्ने अबस्थामा परियोजना नरहेको ईन्जिनियर पोखरेलले जानकारी दिए । अहिले रातीको समयमा दुर्घटना हुन नदिनको लागि डिभाईडरको दुबै साईडमा टल्किने रातो बत्ति (क्याट आई) राखिएको छ, त्यसले केही हदसम्म दुर्घटना न्युनिकरण गराएको पोखरेलको भनाई छ । अहिले एकै ठाउँमा तिन ठेकेदार कम्पनीले काम गर्दा पनि एकले अर्कोको कामको ब्यवस्थापन नमिल्दा सडकको काम पुरा गर्ने काममा ढिला भएको छ । भने निर्माणाधिन सडकका कारण दुर्घटना पनि उसैगरी निम्ती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्