विराटनगरका तीन वडालाई समेट्ने आईसिपी–हनुमान मन्दिर सडक चार लेनमा विस्तार गरिदैं

<span class='c1'>विराटनगरका तीन वडालाई समेट्ने आईसिपी–हनुमान मन्दिर</span> <span class='c2'>सडक चार लेनमा विस्तार गरिदैं</span>

विराटनगर । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिंक रोड’ चारलेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ । आईसिपी क्षेत्रसँगै कार्गोरेलको नेपाल कष्टम यार्ड रहेको छ । कार्गोरेलमार्फत आयात हुने सामान ढुवानीका लागि आईसिपीदेखि कोशी राजमार्गसम्मको दुरी ४ दममलव ४ किलोमिटरमा पर्दछ ।

दुईलेनको सडकबाट सामान ढुवानी गर्ने ठुला मालवहाक सवारी आवातजावतमा असहज हुँदै आएपछि यसको विस्तार योजना अगाडी बढाइएको हो । विराटनगर (रानी)–धरान कोशी राजमार्ग छलेनमा विस्तार भइसकेको छ । औद्योगिक कच्चा बोकेर आउने मालवहाक साविक रानी भन्सार क्षेत्रभन्दा पाँच किलोमिटर पूर्व आईसिपीमा सरेपछि सडक विस्तारको आवश्यकता परेको हो ।

कोशी राजमार्ग अन्तर्गत विराटनगर–१४ को हनुमान मन्दिरदेखि आईसिपीसम्मको सडक विस्तार कार्यका लागि वातावरणीय अध्ययन प्रतिवेदन तयार पारेर स्थानीयसँग छलफल समेत गरिसकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । ‘कनेक्टिङ रोड’ विश्व बैंकको सहयोगमा विस्तार गरिने कार्यकारी निर्देशक गजुरेलले जानकारी दिनुभयो ।
‘ठेक्काको चरणमा प्रवेश गर्नुपूर्वका कामहरु भईरहेका छन्, १८ महिनामा सम्पन्न गर्ने गरी अब ठेक्का लगाउने छौं’ कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो–मुख्य योजनाको रुपमा रहेको लिंक रोडसहित आईसिपी भित्र गोदाम, पार्किङसहितका संरचना समेत यसै अन्तर्गत बन्नेछन् ।

विराटनगर महानगरपालिकाको १४, १७ र १८ नम्बर वडा क्षेत्रमा पर्ने यो सडक विस्तारसँगै मालवहाक सवारी र वस्तीका वासिन्दाको आउजाउ सहज हुने संरचना समेत आवश्यक रहेको स्थानीयले माग गरेका छन् । बारम्बार दुर्घटना हुने जोखिम न्यूनीकरण गर्नका लागि अन्डर पासिङ्ग रोड, ओभर ब्रिज र डुबानको समस्या निराकारणका लागि निकासको व्यवस्था मिलाउनु पर्ने स्थानीय दिनेश यादवको सुझाव छ । गत शुक्रबार स्थानीयसँग पराशर्तदाता कम्पनीले आयोजना गरेको सार्वजानिक सुनुवाईमा स्थानीयले सडक विस्तारपछि सडक बत्ति, पानीको निकास, अण्डर र ओभर क्रसिङ्ग संरचना समेत राखिनुपर्ने माग गरेको आईसिपी सञ्चालन गर्दै आएको ट्रान्स नेपालका लक्ष्मी सुब्बाले जानकारी दिनुभयो ।

विराटनगरको रानी–इटहरी–धरान हुँदै संखुवासभाको किमाथाङ्कासम्मको सडकलाई त्रिदेशिय व्यापारिक मार्गको रुपमा चिनिन्छ । कार्गोरेल सञ्चालनमा देखिएको उल्झन हल भएपछि मालवहाक लोड भएका ट्रलीसहितका सवारी आईसिपीमा भन्सार जाँचपास गराएर कोशी राजमार्गसम्म आउनुपर्ने हुन्छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्