विराटेश्वर बृद्धाश्रममा निशुल्क स्वस्थ्य परिक्षण गर्न संसादसम्म पुगे

<span class='c1'>विराटेश्वर बृद्धाश्रममा निशुल्क स्वस्थ्य</span> <span class='c2'>परिक्षण गर्न संसादसम्म पुगे</span>

विराटनगर, २० साउन । युवा संघ नेपाल र वाईसिल नेपाल शाखा कमिटी बिराटनगर ८ ले सयुक्त रुपमा आयोजना गरेको दुईदिने स्वास्थ्य शिविर आईतबार सम्पन्न भएको छ । विराटनगर ८ मा रहेको बिराटेश्वर वृद्ध आश्रममा शनिबार र आईतबार २ दिनसम्म स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य शिवकुमार मण्डलको प्रमुख आतिथ्य तथा नेकपाका नेता एवम् पुर्व माननीय ऋषिकेश पोखरेलको बिशेष आतिथ्यमा कार्यक्रम समापन गरेको थियो । यसैविच कार्यक्रममा कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेल, विद्यार्थी नेता ओसिम आलम, युवा संघ नेपाल केन्द्रिय सदस्य रोहित कोइराला, मुकेश बुढाथोकी , सन्तोषी श्रेष्ठ नगर अध्यक्ष सुशील रिजाल सह–सचिव प्रतिक ढकाल लगायतको उपस्थिति रहेको शाखा कमिटी अध्यक्ष मनिस भट्टराईले जानकारी दिए ।
कोशी अञ्चल अस्पतालका डाक्टरहरुले स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी बितरण गरेका थिए । आश्रममा रहेका वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गरेर सराहनीय कार्य गरेको भन्दै धन्यवाद प्रदान गरेका थिए । प्रमुख अतिथि शिव कुमार मण्डलले आश्रमलाई आफ्नो तर्फबाट जति सक्दो सहयोग गरे प्रतिवद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्