विराटनगर, २० साउन ।
महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले आइतवार पाच पत्रकार सहित २६ जना जनालाई सम्मान गरेको छ । १३ औं वार्षिकत्सव एवं साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा पत्रकार, समाजसेवी, अधिकारकर्मी र चिकित्सकलाई सम्मान गरेको हो । समानित हुनेमा उद्घोष दैनिकका जितेन्द्र ठाकु , मकालु टेलिभिजनका समाचारदाता सुशिला पाठक र नविन कर्ण , ललिता भट्टराई रहेका छन् । त्यस्तै चिकित्सक डा.आरपी ठाकुर , अधिकारकर्मी उमेश विश्वकर्मा , सिकेन्द्र सिङ यादवलाई पनि सम्मानित गरेको छ । विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएकाहरुलाई सम्मान गरिएको वपरडेका कार्यकारी अधिकृत संजु साहले जानकारी दिइन् । संस्थाले महिला र मानवअधिकारको क्षेत्रमा विगत लामो समय देखि काम गर्दै आएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल सहित मोरङका विभिन्न स्थानिय तहका कार्यकारी अधिकृतहरुको उपस्थिती रहेको थियो ।