मोरङमा मदिरा सेवन गरी बस चलाउने चालकलाई कारवाही

<span class='c1'>मोरङमा मदिरा सेवन गरी</span> <span class='c2'>बस चलाउने चालकलाई कारवाही</span>

मोरङ, साउन २१।

मदिरा सेवन गरी सार्वजनिक यातायात चलाउने १ जना बसका चालकलाई मोरङ प्रहरीले कारवाही गरेको छ ।

ना ४ ख ९२४१ नम्बरको बसका चालक सिरहा नगरपालिका-२ बस्ने वर्ष २६ को ईन्द्र देव रायलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार मदिरा सेवन गरी सार्वजनिक यातायात चलएको अभियोगमा केही सार्वजनिक अपराध ऐन अन्तरगत कारवाही शुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय निमुवाको टोलीले शनिबार बिहान मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-४ स्थित राहुल पेट्रोल पम्प स्थित कोशी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा विराटनगर-सिरहा मार्डर चल्ने बसका चालक रायलाई मदिरा सेवन गरी बस चलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्