विराटनगरमा रहेको प्राईम सहकारीका अर्का फरार संचालक विष्णु सुवेदी पक्राउ

विराटनगरमा रहेको प्राईम सहकारीका अर्का फरार संचालक विष्णु सुवेदी पक्राउ

विराटनगर २१ साउन विराटनगर– ९ बाटारोड स्थित प्राइम बचत तथा ऋण सहकारी संस्थाका अर्का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले ठगि गरेको आरोपमा प्राइम सहकारीका उपाध्यक्ष तथा सञ्चालक विष्णु सुवेदीलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत कर्मचारी हुन् । यसअघि प्रहरीले आइतबार पोखराबाटै सहकारीका मुख्य सञ्चालक इश्वर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले खोजी गरेको तीन महिनापछि उनीहरुलाई पक्राउ गरिएको मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए ।

 

पक्राउ परेका श्रेष्ठ र सुवेदीलाई हवाइमार्ग हुँदै सोमबार विहान मोरङ ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले दुबै जनालाई ठगी मुद्दामा जिल्ला अदालत मोरङमा सोमबार ७ दिनको म्यात थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
लामो समयदेखि विराटनगर – ९ बाटारोडमा सञ्चालनमा आएको सहकारीले १ सय ३८ जना बचतकर्ताको २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ रकम हिनामिना गरेको भन्दै पीडितको प्रहरीमा उजुरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्