मोरङमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

<span class='c1'>मोरङमा मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>परी एकजनाको मृत्यु</span>

उर्लाबारी, मोरङ। सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् । उहाँको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्