विराटनगरलाई प्लाष्टिक झोला मुक्त शहर बनाउन दवाव सुरु

विराटनगरलाई प्लाष्टिक झोला मुक्त शहर बनाउन दवाव सुरु

विराटनगर साउन २३।
प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकालाई प्लाष्टिक झोला मुक्त शहर बनाउनु पर्ने माग गर्दे रोटरी क्लव अफ विराटनगर सेन्ट्रलले मंगलवार विराटनगर महानगरपालिका मेयर भिम पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । क्लबकि अध्यक्ष मल्लिका रिजालको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

"हामी सवैको एउटै रहर ,प्लाष्टिक झोला मुक्त विराटनगर" भन्ने नारा सहित सेन्ट्रलले काम गर्न खोजेको अध्यक्ष रिजालले बताइन् । ज्ञापनपत्र बुझ्दै महानगरका मेयर भीम पराजुलीले सवैको सहयोगमा विराटनगरलाई सुन्दर र शान्त बनाउन सकिने बताए ।

कार्यक्रममा क्लवका चार्टर प्रेशिडेन्ड शान्ता रिजाल ,उपाध्यक्ष श्रुती सर्मा,प्रथम उपाध्यक्ष सिर्जना रिजाल,द्धितीय उपाध्यक्ष रुवी पोद्दार, डाइरेक्टरहरु कृति राठी,मोनाली काबरा ,सदस्य अनिता देव लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्