विश्व आदिवासी जनजाति दिवस मनाईंदै, प्रदेश १ मा सार्वजनिक विदा

विश्व आदिवासी जनजाति दिवस मनाईंदै, प्रदेश १ मा सार्वजनिक विदा

काठमाडौं , साउन २४ । आज विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ ।

विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

दिवसकै अवसरमा आज प्रदेश नम्बर १ मा सार्वजनिक बिदा दिइएको छ ।

प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो ।

प्रदेश १ सरकारले आज विश्व आदिवासी जनजाति दिवस, भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन मोरङ र सुनसरीमा तथा कात्तिक २७ गते छठ पर्वमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्