विराटनगरमा दोस्रो सिजनको विराटनगर लिटल आईकन २०१८ हुदै

विराटनगरमा दोस्रो सिजनको विराटनगर लिटल आईकन २०१८ हुदै

विराटनगर २४ साउन । बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको लिटल आईकन २०१८ हुने भएको छ । विराटनगर ९ ठाकुरबाडी रोडमा रहेको भाईरल डान्स स्टुडियोले दोस्रो चरणको विराटनगर लिटल आईकन गराउने भएको छ । गत बर्षदेखि संञ्चालन गर्दै आएको बिराटनगर लिटल आईकनलाई यस बर्ष पनि निरन्तरता दिईन लागिएको भाईरल डान्सका मोहित जैनले जानकारी दिए । सहभागीहरुलाई करिब ३ साता सम्मको तालिम पस्चात फाईनल राण्डमा उतारिने आयोजकले जनाएको छ ।

विभिन्न स्कुलबाट छानिएका २० जना छात्र २० जना छात्राले फाईनल राउण्डमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा ११ बर्षदेखि १५ बर्ष सम्मका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । विजेतालाई नगद पुरस्कारको साथमा आर्कषक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्