बिराटनगरमा जारी अन्तर बिद्यालय क्रिकेटको उपाधि बलदेव धुट स्कुलले जित्यो

बिराटनगरमा जारी अन्तर बिद्यालय क्रिकेटको उपाधि बलदेव धुट स्कुलले जित्यो

बिराटनगर साउन २४, बिराटनगरमा आयोजित स्व. साखिचंद राजबंशी इन्टर स्कुल क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ ।

क्रिकेटर अजय राजबंशीको बुवा स्व. साखिचंद राजबंशीको नाममा इन्डोर इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा सिब्स स्कुललाई रंगेलीको बलदेव धुट स्कुलले हराएको थियो  । टस जितेर ब्याटिंग गरेको सिब्सले ५८ रन बनाएको थियो , जुन बलदेव धुट स्कुलले अन्तिम विकेटमा पुरा गरेको थियो । बलदेव धुट स्कुलका लागि सागर गुरुङले १८ रन बनाएका थिए ।

प्रतियोगितामा म्यान अफ दि सिरिज सिब्स स्कुलका बिबेक यादव घोषित भए भने उत्कृस्ट ब्यास्टम्यान सागर गुरुङ तथा उत्कृस्ट वलर नरेश ओली घोषित भएका थिए ।

यस प्रतियोगिताको यो दोस्रो संस्करण हो । यस अघि गत बर्ष बिराटनगरको डिग्री कलेजमा उक्त प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्