पूर्वाञ्चल विश्वविद्यालयकाे परीक्षा बदनियतपूर्ण, विद्यार्थी संगठनद्धारा तालावन्दी

पूर्वाञ्चल विश्वविद्यालयकाे परीक्षा  बदनियतपूर्ण, विद्यार्थी संगठनद्धारा तालावन्दी

विराटनगर, २४ साउन । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षा बदनियतपूर्ण भएकाले सच्याउन माग गर्दै ६ वटा विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगमा तालाबन्दी गरेको छ ।बुधवार अखिल क्रान्तिकारी, अनेरास्वियू, समाजवादी विद्यार्थी फोरम, नयाँशक्ति विद्यार्थी युनियन र राष्ट्रिय जनता पार्टी विद्यार्थी संघले तालाबन्दी गरेका हुन् । नियम अनुसार एक तह बढुवा हुनुपर्नेमा दुई तह बढुवा गरेको निर्णय सच्याउनुपर्ने, सेवा आयोगमा लिएकाे बढी शुल्क लिएको शुल्क फिर्ता गर्नुपर्ने लगायत ६ बुँदे माग सहित तालाबन्दी गरिएको विद्यार्थी सगठनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्