मोरङमा विद्युत चुहावटमा संलग्न १८ जना पक्राउ 

मोरङमा विद्युत चुहावटमा संलग्न १८ जना पक्राउ 

मोरङ, साउन २५ ।

मोरङ प्रहरी र विधुत प्राधिकरणको सँयुक्त टोलीले मोरङ जिल्लाको जहदा गाउँपालिका-५, ७ र ९ बाट साउन २३ गते बुधबार राती विधुत चुहावट गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ ।

विधुत प्राधिकरण, विराटनगर शाखा र जिल्ला प्रहरी कार्यालय मोरङबाट सँयुक्त रुपमा निस्केको अनुगमन टोलीले बुधबार राती ८ बजे देखि १२ बजेसम्म गरेको चेकजाँचका क्रममा बिजुलीको पोलबाट हुकिङ गरी बिद्युत चोर्दै गरेका जहदा गाउँपालिका-५ बस्ने ११ जना, वडा नम्बर ७ बस्ने ६ जना र वडा नम्बर ९ बस्ने १ सहित १८ जनालाई नियन्त्रणमा लिईएको हो।

नियन्त्रणमा लिईएका व्यक्तिहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्