यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड

<span class='c1'>यमनमा बलात्कार र हत्यामा संलग्न</span> <span class='c2'>तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड</span>

यमन, साउन २५ । यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ ।

एक १० वर्षीय बालकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गर्दै ती तीनजनालाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए ।

तीनैजनाको शवलाई क्रेनमा झुण्ड्याएर प्रदर्शन गरिएको थियो, ताकि सबैले त्यस्तो जघन्य अपराधमा दिइने सजाय महसुस गर्न सकुन् ।

दोषीलाई जमिनमा घोप्टो पारेर पिठ्युतर्फबाट मुटुमा पाँच गोली हानेर बुधबार मृत्युदण्ड दिइएको हो । यमनमा व्यभिचार, यौन दुर्व्यवहार, बेश्याबृत्ति, धर्म त्यागजस्ता अपराधमा मृत्युदण्डको सजाय दिने प्रावधान छ । (एजेन्सी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्