विराटनगरबाट रवना पत्र लिएर धनुषा हिडेका प्रहरी सहायक निरीक्षकको दुर्घटनामा परि मृत्यु

विराटनगरबाट रवना पत्र लिएर धनुषा हिडेका प्रहरी सहायक निरीक्षकको दुर्घटनामा परि मृत्यु

विराटनगर, २५ साउन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी सहायक निरीक्षकको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यलय रानी विराटनगरबाट जिल्ला प्रहरी कार्यलय धनुषा दरबन्दीका लागी बिहीबार जादै गर्दा बाटैमा सडक दुर्घटनामा परि विवेकानन्द झाको निधन भएको हो ।
सहायक प्रहरी निरीक्षकले रवाना पत्र बुझेर हिडेका झाले चलाएको को ७ प २५५९ नम्बरको मोटरसाईक अनियन्त्रित भई सडक किनाराको पर्खालमा ठोक्कीएको थियो । विराटनगर–१५ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका झाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्