सार्वजानिक सेवा कर्मचारीसंघको प्रदेश स्तरिय समिति चयन

सार्वजानिक सेवा कर्मचारीसंघको प्रदेश स्तरिय समिति चयन

विराटनगर २६ साउन । नेपाल ट्रेड युुनियन कांग्रेससंग आवद्ध नेपाल सार्वजनिक सेवा कर्मचारीसंघ एक नम्वर प्रदेशका नया कार्य समिति शनिबार गठन भएको छ ।
विराटनगरमा भएको प्रदेश स्तरिय पहिलो अधिवेशनले १५ सदस्यि नया कार्यसमिती चयन गरेको हो । नेपाल सार्वजनिक सेवा कर्मचारीसंघको एक नम्वर प्रदेशको अध्यक्षमा सविन दाहाल, महिला उपाध्यक्षमा विमला वास्तोला, उपाध्यक्षमा राजुु मर्हजन तथा राजाराम घिमिरे यसैगरी सचिवमा वौवालाल चौधरी, सह–सचिवमा रमाकान्त चौधरी तथा कोषाध्यक्षमा दिलकुुमारी राई खापुुङ चयन हुुनुु भएको छ ।
त्यस्तै सदस्यमा सुुनिल पोखरेल, विजय शिवाकोटी , नविन प्रधान, शान्ता गौतम , इश्वर राजवंशी, पदम राई , सरदकुुमार श्रेष्ठ र वेदवहादुुर निरौला चयन हुनुु भएको संघका केन्द्रिय सदस्य फिरोज आलमले वताउनुुभयो ।
यस अघि अधिवेशनको उद्घाटन एक नम्वर प्रदेश सांशद केदार कार्कीले गर्नुु भएको थियो । सो अवसरमा वोल्दै उहाले कर्मचारीको हकहितकालागी एकता आवश्यक रहेकोमा जोड दिनुुभयो । कार्यक्रममा नेपाल ट्रेड युुनियन कांग्रेस एक नम्वर प्रदेश अध्यक्ष नारायणवावुु कार्की , नेपाल सार्वजनिक कर्मचारीसंघका जर्नादन भट्राइ तथा एक नम्वर प्रदेश संयोजक प्रमिला ढुुंगानाले अधिवेशनको सफल्ताको शुुभकामना दिनुु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्