बिराटनगर लिटल आईकनको पहिलो अडिसनमा ४२ जना प्रतिस्पर्थी

बिराटनगर लिटल आईकनको पहिलो अडिसनमा ४२ जना प्रतिस्पर्थी

बिराटनगर साउन २७, बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को अडिसन सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ४२ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो ।

अडिसनको निर्णायकमा निशा खुसी , सिएम बस्नेत , रशना कार्की र दिपा कुन्दु रहेका थिए । बिराटनगर लिटल आईकनको दोस्रो अडिसन भदौ २ गते हुने आयोजकले जनाएको छ ।

विराटनगरको भाईरल डान्स स्टुडियोको आयोजनामा हुनलागेको कार्यक्रममा सहभागीहरुलाई करिब ३ साता सम्मको तालिम पस्चात फाईनल राण्डमा उतारिने आयोजकले जनाएको छ ।

विभिन्न स्कुलबाट छानिएका २० जना छात्र २० जना छात्राले फाईनल राउण्डमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । प्रतियोगितामा ११ बर्षदेखि १५ बर्ष सम्मका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । विजेतालाई नगद पुरस्कारको साथमा आर्कषक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्