बिराटनगरबाट भारत जाने ६ क्रिकेट खेलाडीलाई बिदाई , क्रिकेट सिक्न दिल्ली जादै

बिराटनगरबाट भारत जाने ६ क्रिकेट खेलाडीलाई बिदाई , क्रिकेट सिक्न दिल्ली जादै

बिराटनगर साउन २७, विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानको कमी भएपछि उनिहरु भारतको राजधानी दिल्ली जान लागेका हुन । विराटनगरका सिद्धान्त लोहनी , मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोली भारत जान लागेको हो । उनिहरुले भारतको दिल्लीमा रहेको मदनलाल क्रिकेट एकेडेमीमा  ३ महिना लामो प्रशिक्षण गर्ने खेलाडी सिद्धान्त लोहनीले आवर विराटनगर डट नेटलाई जानकारी दिए ।

आज उनीहरुलाई बिराटनगरबाट दिल्ली जानुअघि बिदाई गरिएको छ । बिराटनगर स्पोर्टिंग क्लबले ६ जना खेलाडीहरुलाई बिदाई गरेको हो । बिदाई कार्यक्रममा क्लबका अध्यक्ष मोहम्मद नसरुल , कोषध्यक्ष रबि रोय , इर्षद अन्सारी , क्रिकेट प्रेमी चांद बाबु इराकी लगायतले उनीहरुलाई खादा लगाएर बिदाई गरेका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्