मैले बुझेको राधा पौडेलको ‘खलंगामा हमला‘ -धान राम्ररी नफल्ने जुम्लामा सहुलियत चामलबाट रक्सी

<span class='c1'>मैले बुझेको राधा पौडेलको ‘खलंगामा हमला‘ -धान</span> <span class='c2'>राम्ररी नफल्ने जुम्लामा सहुलियत चामलबाट रक्सी</span>

कितबको नाम:खलंगामा हमला
पुस्तक समिक्षक : बिजया नेपाल (बिए एल एल बी दोस्रो वर्ष , काठमाण्डौ स्कुल अफ ल)
शव्द शङ्ख्या : १४००
टुटे फुटेको, छेउ छेउमा आगोका लप्काले ध्वासो लागेको र छेवैमा इट्टाहरु छरप्रष्ट रहेको संरचनाको दृष्यले मलाई रत्नपार्कको फुटपाथमा यो किताब तर्फ डोहोर्याएको थियो । सरक्क हातमा उठाउदा किताबको टुप्पोमा रातो अक्षरमा लेखिएको ‘खलंगामा हमला‘ दुई शब्दमा नजर ठोक्किए । आङ जिरिङ्ग भयो । अहो क्रान्तीको सम्झना ! रक्त रङमा रक्तकै शिर्षक कोरिएको थियो । त्यसैमा टोलाउने मन हुदा हुदै छेवैमा लेखिएको ‘मदन पुरस्कार विजेता‘ वाक्यांशले मेरो ध्यान खिच्यो अनि मात्र लेखकको नाम नियाल्ने होस आयो, राधा पौडेल । किताब पछाडि फर्काएँ । त्यहाँ छोटा वाक्यमा लेखकको लामो परिचय र यस किताब लेखनको पृष्ठभूमि समाहित थियो । त्यसले अझ कौतुहलता थप्यो । टुटेको संरचनामा बसी शान्ती पर्खिरहेका एक जोडि काग र ती माथिको मदन पुरस्कारको ताजले पनि मलाई यो किताब पढ्न आवहान गर्दै थिए । अनि मैले रु. २१५ हाली नेपालय पब्लिकेशनको यो किताब रत्नपार्कको फुटपाथबाट किनेँ ।
फष्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने अंग्रेजी युक्ती पूर्ण रुपमा लागु नभए पनि किताबको बाहिरी खाकाले पाठक तान्न विशेष भूमिका खेल्छ र त्यो सामथ्र्य यो किताबको मोहन मैनालीले खिचेको आवरण तस्विर र जे. एन. आर. डिजाइन ले कल्पेको आवरणले राख्दछ । लेखकको परिचयसँगै यो किताब लेख्नुको पृष्ठभुमि जोड्ने काम चलाखिपुर्ण छ र यसले पाठकलाई किताब पढ्न अझ हौसाएको छ ।
खलंगामा हमला एउटी नर्सको डायरीका रुपमा प्रस्तुत गर्न खोजिएको ता पनि यस सिमित आयाम भित्र असिमित तथ्य र अनुभव अटाएका छन् । किताबको बाहिरी खाकाले द्धन्दको उद्घोष गर्दै राजनैतिक परिवेश झल्काए जस्तो देखिए पनि कभर पेज पल्टाएर हेर्दा देब्रे पट्टी लेखिएको बाबु छोरीको संवादले सामाजिक तथ्य तर्फ औँल्यादै किताब राजनैतिक गतिविधीमा मात्र सिमीत नरहेको अंकित गर्छ ।
आफ्ना दुई शब्दको सुरुवाती वाक्यहरुमा नै लेखक पौडेल आफु नर्स भएको र द्वन्द पछाडिको राजनीति नबुझ्ने कुरा खुलस्त पार्छिन् । उनले आफु मात्रित्व सम्बन्धी कार्यक्रम लिएर गाउँ गाउँ जाँदा माओवादीले सहजै आवत जावत गर्न दिएको देखि लिएर मारिएका सि. डी. ओ को सेक्युरीटी गार्डको आँखामा छल्किएको त्रास सम्मका कुरा उपन्यासमा उल्लेख गरेकी छन् । यसरी दुबै पक्षका कुरा समाहित गर्दै उनका अनूभव र कलम कुनै राजनैतिक विचार प्रति पूर्वाग्राही नभएकाले उनको भनाई सिङ्गो उपन्यासले पुष्टि गर्छ ।
लेखक पौडेलले यो किताब खलंगाको हमलामा मारिएका ज्ञात अज्ञात व्यक्ती र गरिबी, सामाजिक विभेद नथा अन्यायमा परेर पल पल मरिरहेका सबै व्यक्ति, वर्ग, समुदाय प्रति समर्पित गरेकी छिन् । उनले यहाँ एक सामान्य जुम्ली परिवारसँग बसेर उनीहरुको त्रास महसुस गरेकी छन् र हमलामा भवन होइन मानिसका घर र मन डढेको कुरा शब्दमा पोखेकी छन् । त्यसैले पत्रिकाका पानामा सिमित रही यस हमलालाई राजनैतिक घटनाका रुपमा मात्र हेर्नू खलंगा र त्यहाँका बासिन्दा प्रति अन्याय हुन्छ । तसर्थ पौडेलको कलमले यस किताब मार्फत खलंगा र त्यहनाँका बासिन्दा प्रति केहि न्याय गरेको छ ।
फिल्म सुरु आउनु अघि ट्र्ेलर आए र्झैँ सुर्रु शिर्षकमा लेखिएका किताबका सूरुवाती पानाले सिधै घटनाको विवरणमा जानू अघि घटनाको केहि महिना पश्चातको समय चित्रण गर्दै खलंगाको हमलाको भयानकता देखाउन खोजेको छ । खानेपानीको स्रोत तिला नदी दुषित भएर जूम्लामा झाडा पखाला फैलिएको छ । नदी प्रदुषणको कारण खोज्ने क्रममा राधा लगायत समाजका अन्य केहि अग्रसर व्यक्ति नदी किनारै किनार उक्लने क्रममा कारण पत्ता लगाउछन् । मानिसका कुहिएका सव, कुनै हात चुडिएका त कुनै टाउको निमोठिएका नदी छेउमा फालिएका छन् । प्रदुषणको यस्तो असहज कारण पनि उनीहरु सहजै स्वीकार्छन् किनभने खलंगामा हमला भएको छ , भर्खरै मान्छे मरेका छन् र धेरै बेपत्ता भएका छन् ।
यसरी पाठकलाई हमलाको एक झल्को कल्पने अवसर दिदै राधा पौडेलले , बा हामी कति गरिब ? भन्ने पहिलो पाठबाट आफ्नो पृष्ठभूमि जोड्छिन् । एक कर्मनिष्ठ नर्स र जुम्लाकी समाजसेवी निडर व्यक्तित्वका रुपमा पाठकमाझ परिचित भएकी राधा अब सानी बच्ची बनीदिन्छिन् । अरु सबै बालबालिका झैँ उनका लागि पनि आफ्ना बाबु संसारको सबै भन्दा जान्ने मान्छे, एक नायक पात्र भइदिन्छन् ।तीनै बाबुले आफू जुम्ला गएको , त्यहाँको दु ः ख देखेको अनूभव सुत्ने बेलाका कथाको रुपमा छोरी राधालाई सुनाउछन् र राधाका सपनाहरुमा जुम्ला छिरीइदिन्छ , सानैदेखि भोलिको कर्मथलो बनेर ।
जुम्लाको मात्र होइन नेपालका विभिन्न ग्रामिण भेगका व्यथा तिर पनि उपन्यास पुलुक्क चियाएको छ । सानी बच्चीलाई काकाको छोराले बलात्कार गरी पित्त थैली नै छिया छिया पारिदिएको , पर्वतकी ६० वर्षियाले १८ वर्ष सम्म टर्चको बिर्केले आङ खस्नबाट रोकेको जस्ता स्वास्थ्य क्षेत्रका समस्या यस किताबमा उल्लेखित छन् । यस्ता अवस्थाले पनि राधा पौडेललाई सरकारी जागिर छोडि ग्रामिण परिवेशमा गई सेवा गर्ने हौसला दिएको देखिन्छ ।
नचाहादै पनि वाध्यताका कारण टिकट नपाएका अरु यात्रुलाई अलपत्र छोड्दै भनसुनका भरमा आफुले टिकट लिएकोमा उनी पछुतो मान्छिन् । जुम्ला पुग्नु अघावै यो वक्तव्यले त्यहाँको विकटता छर्लङ्ग बनाउछ ः मान्छे त पुग्न मुस्किल पर्ने ठाउमा राहात कसरी पुगोस् ? उज्यालो कहिले पुगोस् ?
उनी जुम्ला पुग्छिन् । तराईको घुँघट र मुस्लिम समुदायको बुर्का जस्तै महिलाले घुम्चो लगाउने जुम्ला ! धान राम्ररी नफल्ने ठाउमा सरकारी सहुलियतमा दिइएको चामलबाट रक्सी बनाई भोकमरीले मर्ने जुम्ला ! सबथोक भएर पनि गरिब भएको, आफ्नो नाभिको वासना खोट्याउन नसकेको कस्तुरी जुम्ला ! माओवादीको त्रासका बिच पनि सहरबाट आएकी चेलीलाई केहि संका नगरी आफ्नै परिवारको सदस्य झैँ स्विकार्ने जुम्ला !
अन्य सबै समस्या एकातिर, राधाले जुम्लालाई भेट्दा त्यो द्वन्दको छुट्टै त्रासमा तर्सिएको थियो । राती सुतेका बेला बन्दुक पड्किएको सुन्नु दैनिकी थियो । नजिकै बम खसेको दिन कफर््यु लाग्थ्यो र बुढा, तन्नेरी, बच्चा सबैलाई कोपारा काम लाग्थ्यो । दुईचार जना सँगै हिड्नु प्रतिबन्धीत थियो , अस्पतालमा बिरामी ल्याउन पनि अनुमति लिनुपर्ने भएकाले ढिलाईले गर्दा धेरैको अकालमा ज्यान गएको थियो । जुम्लाको यो कठोर अवस्थाका साथमा उनी त्यहाँका सुनिल दाईको परिवारले दिएको आत्मियता जोड्छिन् । राधा अबेर सम्म नफकर्दा सुनिल दाई, भाउजु, हजुरामा सबैले चिन्ता गर्नुहुन्थ्यो र यहि आत्मियतालले उनलाई हिम्मत हारेर फकिर्न दिएन रे ।
खलंगामा हमला हुने चर्चा चल्यो तर लेखकका अनुसार उक्त हमला भन्दा पनि भयानक त्यसका बारेमा जनमानसमा छाएको त्रास थियो । रात कटाएर सुर्योदय नियाल्दै मानिस अरु बाह्र घण्टा जिवनको लागि ढुक्क हुन थाले । यसैबिच हमला भयो, नजिकै बन्दुक बारुद पड्किरहे , छिमेकका घर जलिरहे र धुवाको मुस्लोबिच कोठाभित्र सुनिल दाईको जहानसाथ फसेकि राधा सहजै मृत्यु स्वीकार्ने अवस्थामा पुगिन् । त्यो बिकराल घडिको सुक्ष्म विश्णेषणमा उनी जीवन र मरण बिचको छोटो दुरी नियाल्छिन् र आफू जति नै बलवान भए पनि मृत्युका अघि दुबै हात उठाएर घुडा टेकी सरेन्डर गर्नु बाहेक अन्य उपाय नरहेको बताउछिन् ।
मरे पनि मरियोस् भन्ने अवस्थामा पुगेकि उनले अर्को दिनको सुर्योदय देख्दै पुनर्जन्म त पाउछिन् तर बिस्तारै खलंगाको अवस्थाले त्यो पुनर्जन्म खोक्रो तुल्याउछ । उनले देखेको सुर्योदय हिजो सँगै मिटिङमा बसेका सि.डि.ओ , एल. डि. ओ र डि. एस. पी लगायत धेरैले देख्दैनन् । राधा बिस्तारै बाहिर आएर खलंगा नियाल्न थाल्छिन् ः ज्यूदा मुर्दा सरबर छन् , मौन छन् ।
घटनाको ३ दिन सम्म राधा रगताम्य बाटा नियाल्छिन् , माओवादीले आफ्ना घाइते उपचार गर्न प्रयोग गरेका स्टोरका सामान अनि अपहरण गरेका डाक्टर नियालिछन् , बममा परी मृत डि.एस. पी. को शरीरको एक टुक्रा सम्म भए नी खोज्न खटिएको जवान नियाल्छिन् , खलंगा बासीका डढेका घर र मन नियाल्छिन् अनि तेस्रो दिन साझँ सुनिल दाईलाई ढुक्क पार्दै फर्किन्छिन् काठमाण्डौ र त्यस पछि आफ्नो घर ।
चाहे त्यो जुम्लामा आत्मियताले गाँसेको परिवार होस् या घरको रगतले गाँसेको परिवार, परिवारको माया र महत्त्व त यस किताबको विशेषता नै हो । उता सुनिल दाईको परिवारले मायाँको पराकाष्ट देखाउदै फर्केर नआउन अनुरोध गरेको र यता जन्म दिने बाबु आमाको आस मारीसकेकी छोरी पुनः फर्केर आएका बेलाको खुसीको रोदन निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
घर फर्किए पनि राधाको अवस्था त्रसित देखिन्छ । ठूलो आवाजले उनी झस्किन्छिन् , कसैको अचानक आगमनले तर्सिन्छिन् । खलंगाबाट यती टाढा सहरमा त उनको हालत यो छ भने खलंगााको हालत के होला? उनी घोहोरिन्छिन् र आफ्नो त्रासलाई आत्मबलले हराउदै पुनः जुम्ला फर्किन्छिन् राधा ।
त्यत्रो घटनाले घुडाँ टेकी थचक्क बसेको खलंगाले पुन उठ्ने जमर्को गर्दै गरेको राधा नियाल्छिन् र त्यस काममा टेवा पुर्याउदै आफूलाई जुम्लाको समाजसेवामा समर्पण गर्छिन् । एक्सन वर्कस् नेपाल जस्तो संस्था र मितेरी गाँउ सँगसँगै बाँचौँ जस्ता अभियान चलाएर उनी आज पनि कर्मथलो प्रति वफादार भई काम गरिरहेकी छिन् ।
यो किताबमा खलंगा मात्र होइन राधाको आधा जिवनी पनि समाहित छ । आफ्नो निजी जिवनको पर्वाह नगरी निरन्तर समाज सेवामा लागेकी उनको जीन्दगी बोधगम्य छ । यो धेरैका लागि प्रेरणाको स्रोत हुन सक्ने भएकाले पनि यो खलंगामा हमला एक महत्त्वपूर्ण किताब हो ।
एक तर्फि कुरा मात्र गरी माओवादी विरुद्ध घृणा जगाएको भन्र्दै खलंगामा हमर्ला माथि नकारात्मक टिप्पणी पनि भेटिन्छन् । लेखकले द्वन्द पछाडिका कुनै राजनैतिक कारण थाहा नभई आफ्ना भोगाइका आधारमा मात्र किताब लेखेको कुरा सुरुमा नै प्रष्ट्याएकी छिन् । तसर्थ यस्ता टिप्पणीको कुनै तुक देखिदैन ।
भनिन्छ कुनै पनि कृति लेखुन्जेल मात्र लेखकको सम्पत्ती हो , प्रकाशित भएपछि त्यो लेखक र पाठकको साझा हुन्छ । त्यसैले पाठकको आफ्नो हक हुन्छ त्यसलाई बुझ्ने, लेखकको दृष्टिमा हुबहु मिल्ने गरी उक्त कृति बुझ्न उसलाई जरुरी छैन । पाठकको त्यही हक प्रयोग गर्दै मैले खलंगामा हमला बुझेकी छु र यो मेरो बुझाइ अरु हरेक पाठक र स्वयं लेखकको भन्दा पृथक नहोला भन्न सक्दिन ।

बिजयालक्ष्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्