विराटनगर २९ साउन । हातभरि हरियो चुरा र मेहन्दी लगाएर मेगा बैकका कर्मचारीले साउने महिनाको अन्तिम सोमबार मेहन्दी उत्सव मनाएका छन्
विराटनगरमा रहेको मेगा बैंकका महिला कर्मचारीहरुले सोमबार एक आपसमा मेहन्दी र चुरा लगाएर महोत्व मनाएको ब्रान्च मेनेजर अभिशेक कार्कीले जानकारी दिए ।
विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्ने अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पुग्ने एउटा भनाई छ ।
साउन महिना प्रकृतिक रूपले नै हरियो हुने भएकाले नारीहरूले यस्तै खालको रङको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ ।