ईण्डोनेशियामा विमान दुर्घटना – अद्‍भूत रूपमा बाँचे १२ वर्षीय बालक

ईण्डोनेशियामा विमान दुर्घटना – अद्‍भूत रूपमा बाँचे १२ वर्षीय बालक

ईण्डोनेशियामा आठ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनाको भग्नावशेषमा एकजना १२ वर्षीय बालक जीवितै फेला परेका छन्।घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक होसमा रहेको र क्यामरामा हेरिरहेको देख्न सकिन्छ।

पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा आइतवार बिहान विमानको भग्नावशेषसँगै उनी फेला परेका हुन्।स्वीट्जरल्याण्डमा निर्मित पिलाटुस विमानको उडिरहेको अवस्थामै, एउटा विमानस्थलमा अवतरण गर्नु केही बेरअघि, शनिवार दिउँसो एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो।

भाडामा हवाईजहाज उपलब्ध गराउने निजी कम्पनी( डिमोनिम एअर टन्ना मेरा भन्ने स्थानबाट ४० मिनेट दक्षिणतर्फ पपुआ प्रान्तमा रहेको ओक्सिबिलतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।

सो विमानमा दुईजना चालकदलका सदस्यसहित ९ जना सवार थिए।समाचार संस्था एएफपीका अनुसार नजिकैको गाउँका बासिन्दाले ुएउटा विस्फोटसँगै ठूलो गर्जनु सुनेका थिए।

दुर्घटनाको कारणबारे छानबिन थालिने अधिकारीहरूले बताएका छन्।पुग्नका लागि निकै कठिन रहेको गाम्रीण तथा पहाडी क्षेत्र( पपुआ प्रान्तसम्म पुग्ने माध्यम नै विमानहरू हुन्।

तर तीव्र गतिमा बदलिरहेको मौसमी अवस्थाको अर्थ भनेको त्यहाँसम्म हवाई यात्रा गर्न सहज छैन।तीन वर्षअघि त्रिगना एअरको एउटा ट्वीन टर्बोप्रोप विमान पनि ओक्सिबिलनजिकै दुर्घटनाग्रस्त हुँदा ५४ जनाको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्