विराटनगरमा भोलीदेखि जिल्ला स्तरिय व्याचलर्स कप फुटबल प्रतियोगिता हुदै

विराटनगरमा भोलीदेखि जिल्ला स्तरिय व्याचलर्स कप फुटबल प्रतियोगिता हुदै

विराटनगर २९ साउन । नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति ईस्र्टन कलेज अफ ईन्जिनियरिङ्गले जिल्ला स्तरिय व्याच्लर्स कप फुटबल प्रतियोगिता गराउने भएको छ ।
मोरङ जिल्लाभरी भएका व्याच्लर्स लेवलका कलेजहरु विच खेल नभएका कारण विद्यार्थीहरु विच भाईचारा र एक अर्कामा चिन्ने वातावरण बनाउनको लागी भोली साउन ३० गतेदेखि व्याच्लर्स लेवलको फुटबल प्रतियोगिता गराउन लागेको हो ।
जिल्ला भरी नै फुटबलमय बनाउने उद्धेस्यले जिल्लामा रहेका कलेजहरुलाई सहभागिता गराई खेलको विकास र जहा जहा ने वि संघ त्यहाँ खेलकुद भन्ने नाराका साथ प्रतियोगिता गराउन लागिएको ईकाई अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितको प्रथम हुने टिमलाई नगद १५ हजार ट्रफी,मेडल प्रमाणपत्र, दोस्रो हुनेलाई १० हजार ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।
उक्त खेलमा जिल्लाभरीका ९ वटा व्याच्लर्स लेवलका कलेजहरु सहभागिता हुने जनाईएको छ । खेललाई रमपम र एक्सक्लुसिप ईनर्जी ड्रिङकिङले सहयोग गर्ने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्